FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रदेश ५ कृषि विकास निर्देशनालय सार्वजनिक गर्यो साढे १४ करोडको बार्षिक कार्यक्रम

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    प्रदेश ५ कृषि विकास निर्देशनालय सार्वजनिक गर्यो साढे १४ करोडको बार्षिक कार्यक्रम

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलले आर्थिक बर्ष २०७७ र ७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले करिव साढे १४ करोड रुपैयाँ बराबरको कार्यक्रम सर्वाजनिक गरेको हो ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवल ले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै प्रदेश सभा, वन तथा वातावरण समितिका सभापती विजय बहादुर यादब र प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा निर्देशनालयले कुल १४ करोड, ७१ लख ५८ हजार रुपैयाँको कार्यक्रम निर्माण गरेको निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोट जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च अन्र्तगतका कुल ४२ वटा कार्यक्रमको लागि कुल ११ करोड, २३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चको लागि कुल ६५ लाख ५० हजार र प्रसासनीक खर्च २ करोड ८३ लाख ८ हजार गरी कुल १४ करोड, ७१ लख ५८ हजार रुपैयाको कार्यक्रम निर्माण गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उत्पादन वृद्धिमा नै प्रदेश ५ सरकार लागिपरेको बताउनु भयो । उहाँले कोभिडको कारण थला परेको कृषि क्षेत्रलाई उकास्ने प्रमुख जिम्मेबारी मन्त्रालयले रहेको भन्दै यसमा सबै स्रोत परिचालन गरी कार्य सम्पन्न गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रदेश सभा, वन तथा वातावरण समितिका सभापती विजय बहादुर यादब र प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, प्रदेश पत्रकार महासंघ का सदस्य विक्रम खड्का, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्देशनालयका बागवनी विकास अधिकृत सुनौना बराली को सञ्चालन रहेको कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि. प्रमुख तुलसीराम भण्डारी, निर्देशनालयका विभिन्न पदमा रहेका कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित