FLASH NEWS
- Loading...
कृषि उपज गुणस्तरीय भएको खण्डमा प्रतिस्पर्धाको लागि सहज हुन्छ: मन्त्री भूसाल
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताउनु भएको छ । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने उहाको भनाई छ ।
सूर्योदय नगरपालिकामा चियाको ट्रेडमार्क ,चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा गर्न र गुणस्तर कायम गर्न सहज हुने बताउनु भयो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानका लागि कृषि क्षेत्र मुख्य रहेको र अबको तीन वर्षमा कृषिमा भएको दलाल पूँजीवादलाई समाप्त गर्ने मन्त्रीको भनाई छ ।
चिया उद्योगीलाई आर्थिक सहुलियत दिने बारे छलफल भइरहेको बताउँदै राज्यले व्यक्तिगत रूपमा दिइने अनुदानका कार्यक्रमलाई रोकेर सामूहिक र संस्थागत अनुदानलाई प्राथमिकता दिइने मन्त्री भूषालले बताउनुभयो । सो अवसरमा ’नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो इलाम र झापाका १२ वटा उद्योगलाई हस्तान्तरण गरिएको थियो ।
यस्तै गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओ ए एच आइ एस टी स्टेटले ट्रेडमार्क पाएका छन् । जस्बिरे टी स्टेट, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटलगायतका चिया प्रशोधन उद्योगलाई लोगो हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
