FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पानी परेपछि पर्साका किसान हर्षित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    पानी परेपछि पर्साका किसान हर्षित

    गएरातिदेखि परेको पानीका कारण पर्साका किसानहरु हर्षित भएका छन । धान खेतीको लागि धेरै उपयोगी हुने भएकोले धान खेती गरेका किसानहरु हर्षित भएका हुन ।

    धानका लागि पर्याप्त पानी नभएकाले पानीको जोहोमा बसेका किसानहरु मंगलबार बेलुकाबाट पानी पर्न थालेपछि हर्षित भएको छन् । धान खेतीका लागि आवश्यक पर्ने पानीको मात्र कमी हुँदा खेती सुख्खा हुन थालेको थियो । पर्सा जिल्लामा पर्याप्त मात्रामा सिँचाईको ब्यावस्था नभएकाले किसानहरुले आवश्यकता अनुसार धानवालीमा पानी राख्न पाएका थिएनन् । अहिललेको पानीले धान बाली सप्रिनुका साथै उत्पादन पनि बढ्ने भएकाले पानी परेसँगै किसान खुशी भएका हुन् ।

    सिचाइँ सुविधाबाट वञ्चित किसानहरु धानखेतीका लागि कहिले पानी पर्ला भन्ने आशमा बसेका थिए । गएराति देखि परेको पानीले सुक्न लागेको धानबालीले राहात महसुस गरेको पर्साका किसान शिव ठाकुर बताउँछन् । उनलाई सुक्न लागेको धानमा सिचाँई कसरी गर्ने चिन्ताले सताउन थालेको थियो ।

    दमकलबाट सिँचाई ब्यावस्था गर्न लागेका अर्का किसान राधेशयाम ठाकुरले पानी परेपछि सिँचाईको चिन्ता हटेको बताउँछन् । उनले हरेक बर्ष पैसा तिरेर धानबाली सिचाई गराउँदै आएका थिए । तर, यसबर्ष पानी परेकाले सहज भएको उनको भनाई छ ।

    धान उत्पादन राम्रो हुने जिल्लाको रुपमा रहेपनि पर्साका सबै ठाउँमा सिँचाइको व्यवस्था भने छैन् । यस बर्ष जिल्लामा कुल १३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित