FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हिउँदे मकैमा फौजी किराको आक्रमण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    हिउँदे मकैमा फौजी किराको आक्रमण
    तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नं १३ बेलबासका किसानहरू यतिबेला चिन्तित बनेका छन । करिव २० रोपनि क्षेत्रफलमा लगाएको हिउँदे मकैबालिमा अमेरिकी फौजि किरा लागेर सखाप पारेपछि उनिहरू चिन्तित बनेका हुन् । मकैको घोँघा हाल्ने बेलामा किरा लागेपछि सबै मकैका बोट समेत नस्ट हुँदै गएको कृषक मेघनाथ आचार्यले बताए ।

    निकै मेहेनत गरेर गोडमेल सकिसकेपछि घोघा हाल्न ठिक्क परेको मकैबालि नस्ट हुँदा निकै चिन्ता लागेको आचार्यले बताए । यो समस्या लिएर समाधानका लागि वडा कार्यलय तथा नगरपालिका गएपनि कुनै वास्ता नगरिएको उनको गुनासो छ । सरकारले कृषकहरू को लागि राहत तथा उचित ब्यबस्थापन गर्ने भनेपनि त्यो भनाइमा मात्रै सिमित रहिछ ब्यबहारमा कतै पाईएन उनले भने । धेरै निकाय धाउँदा कृषि ज्ञान केन्द्र बाट किङकिलर नामक बिषादि उपलब्ध भएको अर्का कृषक मनबहादुर गुरूङले बताए ।

    लोपल पाँचसय पाँच र किङ्किलर बिसादि हाल्दापनि केही सुधार नभएको देख्दा निकै चिन्ता लागेको बताउँदै आँफुहरूको दुख तथा मेहेनत त्यसै खेर गएको तथा मकै छर्दा र गोेड्दा को खर्च समेत डुब्ने स्थितिमा पुगेको कृषक केशवराज आचार्यले बताए । 


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित