
- Loading...
मनोहरा तरकारी बजार अनुगमन,प्रतिकिलो १२० रुपैयाँमा प्याज बिक्री
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको


काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समिति र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले विहिबार मनोहरास्थित तरकारी बजारमा अनुगमन गरेको छ । अनुगमन काक्रममा तरकारी बजारभित्र एउटै कम्पाउण्डमा प्याज प्रतिकिलोमा ६० रुपैयाँ मूल्य फरक भेटिएको छ। तरकारी बजारभित्रको सुनापति आलु प्याज सप्लायर्सले प्रतिकिलो १२० रुपैयाँमा प्याज बिक्री गरिरहेको फेला परेको हो। सोही ठाउँमा सलेज आलु प्याज भण्डारले भने प्याजको दाम किलोको ६० रुपैयाँ राखेको भेटिएको छ। थोकमा ४५ रुपैयाँ किलोमा किनेको प्याज सलेजले अघिल्लो दिन भने बिक्री नगरी राखेको भए पनि अनुगमन टोलीले अन्य पसलमा खरिद बिल मागेको देखेपछि हतार हतार किलोको ६० रुपैयाँ भन्दै बेच्न सुरु गरेको थियो।यस्तै, जेनिसा र युपी आलु प्याज भण्डार दुवैले प्याजको थोक मूल्य १०५ रुपैयाँ राखेर बिक्री गरिरहेका थिए भने खुद्रा मूल्य ११५ रुपैयाँसम्म बेचेको खुलेको टोलीले जनाएको छ।प्याजको मूल्य बिक्रेतापिच्छे फरक फरक पाएपछि अनुगमन टोलीले उनीहरुको कागजात लिएर कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ। यस्तै, मनोहरा तराकारी बजारमा लसुन, कागती लगायतका अन्य तरकारी बिक्रेताले पनि बिलबिनै किनबेच गरिरहेको पाइएको टोलीले बताएको छ। टोलीले थोक खरिद बिल माग्न थालेको देखेपछि अन्य कतिपय व्यापारी पसले छोपेर भागेका थिए।यस्तै, अनुगमन टोलीले आक्वा व्रदर ब्राण्डको पानीका कुच्चिएका, चुहावट भएका र उपभोग्य मिति उल्लेख नभएका जारहरु पनि नष्ट गरेको छ।


