FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि विकास कार्यालय रुकुम पश्चिम वार्षिक कार्यक्रम सार्वजनिक

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    कृषि विकास कार्यालय रुकुम पश्चिम वार्षिक कार्यक्रम सार्वजनिक

    कृषि विकास कार्यालय रुकुम पश्चिम र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले चालू आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मुसिकोट नगरपालिका–५ सेरिगाउँमा एक कार्यक्रमको आयोजना गरी दुवै कार्यालयले गत आर्थिक वर्षमा कार्यान्वयन भएका कार्यक्रमको समीक्षा गरी चालू आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा कृषि कार्यक्रमका लागि पुँजीतगत तर्फ विभिन्न शीर्षकमा ६ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यसैबीच पशु अस्पताल तथा पशु सेवा कार्यालयले पनि गत आर्थिक वर्षमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै चालू आर्थिक वर्षमा जिल्लाका ६ वटै पालिकामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यालयका अनुसार भेरी करिडोर पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम चिसापानीदेखि राडीसम्मका लागि ५ लाख छुट्याएको छ । भने मध्य पहाडी रोड करिडोर पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम चाइना बगरदेखि हाँसिबाङसम्म ५ लाख र लोरिबाङदेखि साँखसम्म पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै राप्ती रोड करिडोर पशुपन्छी तथा मत्स्य पकेट कार्यक्रम सोलाबाङदेखि सल्लेसम्मका लागि १० लाख बजेट विनियोजन गरिएको र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने कृषि विकास कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित