
- Loading...
लगातारको वर्षाले तरकारी खेती सखाप
- कृषि टि.भी.
- ३ साल अघि
- २७ पटक पढिएको


केहि दिन देखि परेको लगातार वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अन्य तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका लहरे तरकारी पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । यसपालि हिउँदे तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । यता, किसानका खेतबारीमा तरकारी नभएपछि उपभोक्ता पनि महँगाीको मारमा परेका छन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको छ । तरकारी बालीमा बर्षाले नोक्सानी पु¥याएपनि पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् । जिल्ला ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको छ ।।


