FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भ्यागुते रोगबाट ६० पशु चौपाया मरे

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    भ्यागुते रोगबाट ६० पशु चौपाया मरे

    |s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsfsf] jgx/fdf /x]sf] 5f8f rf}kfof k'gM :yfkg s]Gb| af6 zlgaf/ ufO{x?nfO{ uf}zfnf tkm{ nlu+b} . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

    s~rgk’/sf] z’SnfkmfF6f gu/kflnsfsf] jgx/fdf /x]sf] 5f8f rf}kfof k’gM :yfkg s]Gb| af6 zlgaf/ ufO{x?nfO{ uf}zfnf tkm{ nlu+b} . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk’/, /f;;

    उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताउनुभयो ।
    अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय भोजनप्रसाद दाहालले बताउनुभयो । शुरुमा पशुको घाँटी सुन्निने, मुखबाट र्याल निस्कने र श्वासप्रश्वास फेर्न गाह्रो भएर पशु मर्ने गरेको दाहालले बताउनुभयो । रोग लागेको दुईदेखि तीन दिनभित्रै पशु मर्ने गरेको बताइएको छ ।
    नगरपालिका पशुशाखाका प्रमुख पुष्प बुढाथोकीका अनुसार दुई हप्ताअघि सिसौलीया क्षेत्रका कृषकको घरपालुवा पशु चौपायमा नयाँ रोग देखा परेको हो । उहाँले जनवार मर्न थालेपछि प्रदेश पशुपन्छी मन्त्रालयसँग सहयोग मागेर अनुसन्धान गर्दा भ्यागुते रोग पुष्टि भएपछि अहिले सोहीअनुसार सुई प्रयोग गर्न थालेकोले नियन्त्रण हुँदै गएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित