FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाजुरा जिल्लामा उत्पादित स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    बाजुरा जिल्लामा उत्पादित स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा

    बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । बाजुराको हावापानीमा फलेको अर्गानिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरि भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीय उपभोक्ता स्वदेशमै उत्पादन भएको स्याउ आफ्नै बजारमा पाउँदा खुशीसमेत देखिएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्वामीकार्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका क्षेत्रमा स्याउको उत्पादन हुने गरेको छ । जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित यहाँ उत्पादन भएको स्याउ धनगढी लगायतका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ ।स्याउको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई कार्टुन उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री कृषि विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई लक्षित गरी रु ५० लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट स्याउ खेतीको क्षेत्र विस्तारका साथै स्याउ ढुवानीमा अनुदानलगायतमा सहयोग गर्न लागिएको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित