FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • काठमाडौंका विभिन्न बजारबाट जपत गरिएका प्याज बिक्री

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    काठमाडौंका विभिन्न बजारबाट जपत गरिएका प्याज बिक्री

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० मा प्याज सर्वसाधारणलाई बिक्री,वितरण गर्न सुरु गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिइ बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।उहाँकाअनुसार बजार अनुगमनकाक्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । कम्पनीबाट एकजनालाई तीन किलोसम्म प्याज दिन थालिएको छ । केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० सम्म पुगेको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित