- Loading...
पर्साको सबैया साझेदारी बन उपभोक्ता समुह अख्तियारको फन्दामा
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

पर्सा । बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रमको नाममा अख्तियार दुरुपयोग, भ्रष्टाचार, अनियमितता गर्ने पर्साको सबैया साझेदारी बन उपभोक्ता समुहलाई कारवाही गर्न सिफारिस गरिएको छ । सार्वजनिक लेखा समितिको उपसमितिले स्थलगत अवलोकन तथा सरोकारवालाहरुसँग गरेको छलफलको आधारमा बैज्ञानिक वन कार्यक्रम लागू गरिएका आफना साझेदारी वनहरुमा बन उपभोक्ता समुहले अनियमितता गरेको ठहर प्रतिबेदनमा उल्लेख गरेको छ ।

पर्साको सामुदायिक बनमा लागु गरिएको कार्यक्रम अन्र्तगत सबैया साझेदारी वन उपभोक्ता समूहले अग्निरेखा निर्माण गर्दा निर्धारित संख्या भन्दाबढी रुख कटान गरेको उप समितिको प्रतिबेदनमा जनाइएको छ । यसैगरि समुहले साधारण सभा नगरी कार्य अवधि समाप्त भएका कार्यसमितिले नै रुख कटान गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै पर्सामा वैज्ञानिक वन कार्यक्रम लागू गरेका अन्य साझेदारी वनहरुमा समेत सोही अवस्था रहेको र कटान क्षेत्रमा पुनरुत्पादन नभई वन विनास भएको कुरा जानकारीमा आएको उप समितिले जनाएको छ । पर्सामा कुल वनको क्षेत्रफल ३ जहार १ सय ८८ दशमलव ५९ हेक्टर रहेको छ । पर्सामा सबैया साझेदारी वनको स्थलगत अवलोकनपछि उप समितिले बन समुहका कार्यसमितिका सदस्यहरुसँग छलफल गर्दा सबैया साझेदारी वन व्यवस्थापन समूहका संयोजक लखन लाल साहले वैज्ञानिक वनको कार्ययोजना स्वीकृत भएको तर अग्निरेखा मात्र बनेको जानकारी गराएका थिए ।
उनका अनुसार प्राविधिकको कमिका कारण कटान गरिएको छैन । प्लट सी २ र सी ३ को बीच अग्निरेखा बनाउदा ४ सय २५ रुख अर्थात ५ हजार क्युफिट काठ निकालिएको थियो । सार्बजनिक लेखा समितिले साँंसद प्रदीप यादवको संयोजकत्वमा सांसदद्वय मीना सुब्बा र प्रेमबहादुर आले सदस्य रहेको उपसमिति गठन गरेको थियो ।उप समितिले दिएको सुझाव अनुसार सरकारले बैज्ञानिक बन कार्यक्रम खारेज समेत गरेको छ ।।

