- Loading...
वास्तविक किसान कृषि अनुदानबाट बञ्चित
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको


सरकारले विभिन्न किसिमका अनुदानका योजना ल्याए पनि व्यवासयीक रुपमा बर्षौ देखि कृषि पेशा गर्दै आएका किसानहरुले पाएका छैनन् । जसका कारण पश्चिम तराईमा कृषि पेशा गर्ने मानिसहरुको संख्या घट्दै गएको छ ।

कृर्षि गर्नका लागि सरकारले बिभिन्न किसिमका योजना ल्याएपनि असल र बर्षौ देखि कृर्षि पेशा गरेका किसानहरुको हातमा आनुदान पर्न सकेको छैन । सरकारले दुध उत्पादन गर्ने किसानहरुलाई जस्तै तरकारी खेती र बंङगुर पालन गर्ने किसानहरुलाई पनि अनुदान दिए कृर्षि गर्न आझै सजिलो र सहज हुने गुरगैंया बङगुर फर्मका सञ्चालक चन्द्र चौधरीले बताउनु भयो ।
सरकारले समय समयमा निति तथा कार्याक्रम परिवर्तन गर्दै आएपछि अनुदान लिन पहिला भन्दा अलि सहज अवस्था आएको पशुबिज्ञ केन्द्र कार्यालयका प्रमुख कमला अधिकारीले बताउनु भयो । पहिला फर्म नै निमार्ण गरेर किसानहरुलाई दिने गरीन्थ्यो भने अहिले संघिय सरकार र प्रदेश सरकारले बैकंबाट कर्जा लिने किसानहरुलाई व्याजमा आनुदान दिने गरेको छ । कृर्षि कर्जाका लागि सरकारले ५ प्रतिशत व्याजको योजना ल्याएको उहाँले बताउनु भयो ।
तर सरकारले व्याजमा आनुदान दिने योजना ल्याए पनि उद्यमी किसानहरुले भनै ५ प्रतिशत व्याजका दरले बैकबाट कर्जा पाउन सकेको छैनन् । उनीहरु बैंकबाट चर्कौ मूल्यमा कृषि कर्जा लिन बाध्य छन् ।

