FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मोरङको बेलबारी नगरपालिले सुरु गरेको सामूहिक पशुपालनमा किसानको आकर्षण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    मोरङको बेलबारी नगरपालिले सुरु गरेको सामूहिक पशुपालनमा किसानको आकर्षण

    मोरङको बेलबारी नगरपालिले सुरु गरेको सामूहिक पशुपालन उत्कृष्ट बन्दै गएको छ । समूह बनाएर गर्न थालिएको व्यावसायिक पशुपालन फस्टाउँदै जान थालेपछि त्यसतर्फ अरु किसानको पनि आकर्षण बढ्न थालेको छ ।।

    बेलबारी नगरपालिका वडा नम्बर –२ लालभित्तीमा समूह बनाएर गर्न थालिएको व्यावसायिक पशुपालन फस्टाउँदै जान थालेपछि त्यसतर्फ अरु किसानको पनि आकर्षण बढ्न थालेको छ । वडा कार्यालय तथा त्यस वाडभित्र रहेका सामुदायिक वन समूहले सहयोग गरेपछि वाडभित्रै ६० जना भन्दा बढी किसानहरु व्यावसायिक रुपमा पशुपालनमा हो ।

    पर्यटकीय क्षेत्रका रुपमा बिकास हुदै गएको मोरङको रमिते सामुदायिक वन उपभोक्ता समूहले तीन वर्ष अगाडि जगल भित्रनै झाडि फाँडफुँड गरेर उन्नतको जातको घाँस रोपने काम गरियो । ८ हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपिएको घाँस क्षेत्र उपभोक्ताहरुलाई नै बाँडिदिए पछि सामूहिक पशुपालतर्फ आकर्षण बढेको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर राई बताउछन । उनन्त जातको घास बिउ बिजन दिएर प्रदेश सरकार सहयोग समुहको लगानीमा घेरावार गरि ९० जना किसानलाई सिमाङ्कन गरि सामुहिक बाख्रापालनका लागि प्रयोग गर्न दिएको बताउनुहुन्छ।

    केही सालअघिको उराठलाग्दो ठाउँलाई अहिले रमिते पर्यटकीय क्षेत्रको रुपमा विकास भैरहेको छ । संघ, प्रदेस तथा स्थानीय सरकार र सामुदायिक वनकै लगानीमा सुरुङ मार्गसहितको भयूटावर समेत निर्माण भैरहेको बताउँदै आफूहरुले पर्यटकीय विकास गरिरहँदा आफ्नो सामाजिक दायित्व समेत पूरा गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष प्रेम मबहादुर राई बताउँछन ।

    अहिले सामुदायिक वनले उपलव्ध गराएको वन क्षेत्रमा मेनदुला, किम्बु, स्टाइलो, इन्दु, इपिल, भटमासे, राईखन्यु, बकाईनो, लागयतका घासका प्रजातिहरु लहलह भएका छन ।

    समूहमा व्यावसायिकखेति गर्नेहरुलाई प्रोत्सान गर्न नगरपालिकाको नीति अनुसार वाडाकार्यालयले वाडाको सिलिङ बजेटबाटै प्रतिसमूह २ लाख रुपैया दिएको बेलबारी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतम बताउछन । अध्यक्ष गौतमका अनुसार वडाकार्यालयले ३ वटा समूहलाई बाख्रा, ४ वटा समूहलाई बँगुर र एउटा समूहलाई तरकारी खेतिगर्न प्रोत्सान स्वरुप २ लाखका दरले रकम उपलव्ध गराएको छ । कृषि शाखा, स्थानिय तह नगरपालिका र प्रदेश सरकार संग घास खेति र सिचाइको लागि पहल गरेको बताउनुहुन्छ।

    वडा तथा सामुदायिक वनले आफै प्रोत्सान गर्न थालेपछि कृषक समेत उत्साहित भएर पशुपालनमा लागि परेका छन । उनीहरुले खोरको व्यवस्थापनमा समेत विशेष ध्यान दिएका छन् । वन क्षेत्र नजिकै हुनाले बेलबारी २ लालभित्ती त्यसमा पनि लोकमार्गदेखिको उत्तरी क्षेत्र चरणका लागि पनि सहज भएकोले बाख्रा पालनमा सहयोग पुगेको किसानको भनाइ छ ।

    बेलबारी नगरपालिकाले एक वडा एक उत्पादनमा जोड दिएपछि वडा नम्बर २ ले मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक बाख्रापालनलाई प्राथमिकतामा राखेको छ । मासुमा रहेको परनिर्भरतालाई कम गर्न बेलबारी नगरपालिका वार्ड न २ द्वारा थालिएको योजना र सो योजनालाई सफल पार्न रमिते सामुदायिक वनले दिएकको योगदानलाई सबैले अनुसरण गर्नु पर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित