FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुपारीखेति भित्रै अन्य बालि लगाएर राम्रो आम्दानि गर्न सकिने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    सुपारीखेति भित्रै अन्य बालि लगाएर राम्रो आम्दानि गर्न सकिने

    मोरंग र झापामा सुपारीबाट राम्रो लाभ लिएका किसानहरुले सुपारीखेति भित्रै अरु बालि लगाएर राम्रो आम्दानि गर्न सफल भएका छन। निकै गरिबी र भोकमरीको समस्या समेत भएको हुँदा यहाँका किसानलहरु नगदेबाली तर्फ आकर्षित भएका हुन्।


    लेटाङ नगरपालिका ६ खेरुवामा २०३० साल अघि तोरि फापर र मकै कोदो बाहेक केही हुदैन थियोे । निकै गरिबी र भोकमरीको समस्या समेत भएको हुँदा यहाँका किसानलहरु नगदेबाली तर्फ आकर्षित भए। सुपारी खेतीमा राम्रो प्रतिफल दिन थालेपछि आकर्षित भएका छन। सुपारिखेती भित्रै कगती , कोला, मरिच, लहरे तरकारी समेत लगाएर २ बालिको फाइदा लिएका छन। स्थानीय भवानी आचार्यलाई पहिलो सुपारी किसानको रुपमा लिन संकिन्छ। उहाँले सुपारीसंगै १० कठामा कोला समेत लाउनु भएको छ। अहिले नगदेबालिका रुपमा राम्रो आम्दानि भएको बताउछन

    पुर्वमा मेची बाहुनडागिँ देखि पश्चिमको महाकालिकोकंचनपुर सम्म्मको लागि चुरे भावर फेदिको क्षेत्र भएकोले उर्बर भुमिमा सुपारिको लागि उपयुक्त मानिन्छ। सुपारीको पातको खपटाको पनि अर्गानिक दुना टपरा बन्ने हुँदा किसानहरु सुपारी खेती तर्फ आकर्षित भएका छन ।

    पुर्खौली देखि नै जन्मजात सुपारी खेती गर्दै आएकोले राम्रो आम्दानी भएकाले आफु पनि प्रेरित भएको किसान सागर पौडेलको भनाइ छ। लेटाङ भनेको कृषि क्षेत्रको लागि उर्बर भुमी हो। यो क्षेत्रमा बेच्ने समस्या छैन किसानकै घरमा ब्यापारी आउने गरेको बताउछन।

    अर्को तर्फ भने झापा बुद्धशान्ति २ जयपुरका सुपारी किसान दयाराम सुबेदिले ३५ सालदेखी सुपारी खेती गर्दै आउनुभएको छ। सुपारी संगै अलैंची खेती समेत गर्नु भएको छ। राम्रो आम्दानी भएको भन्दै धान र मकै खेतीभन्दा सुपारी नै राम्रो भएको बताउछन।

    सोही ठाउँका धर्मानन्द सुबेदीले पनि धान र मकै खेति भन्दा पनि सुपारी खेतिमा श्रमिकको अभाव भएको हुँदा सजिलो खेतिहुने भएकोले आकर्षित भएको राम्रो लाभ लिन सकिए पनि नेपालमै उत्पादित सुपारिको बजारको समस्या रहेको बताउछन।

    यसको लागि नेपालमै सुपारी खेतीबाट राम्रो लाभ लिएपनी कतिपय ठाउँमा बजारिकरणको अभाव छ भने कतिपय ठाउँमा उचित मूल्यको समस्या। नेपालमै सुपारी किसानलाई ब्यबसायिमुखी बनाउने हो भने भारतिय सुपारीको माग घटेर स्वेदशकै सुपारीले राम्रो मुल्य पाउने थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित