FLASH NEWS
- Loading...
सोनारी गाउँपालिकाका किसान समयमै धान भित्राउन पाउँदा खुसि
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

यसबर्ष राप्ती सोनारी गाउँपालिका क्षेत्रका किसानहरुले समयमै धान भित्राएका छन् । सिक्टा सिचाई अयोजनाको नहरको शाखा तथा उपशाखामा समयमै पानी आएपछि उनीहरुले आवश्यकता अनुसार धानबालीमा पानी लगाउन पाउँदा समयमै धान पाकेको हो । सिक्टा सिचाईले धान रोपाईको लागि जेठ महिनामै नहरमा पानि ल्याएपछि किसानहरु समयमै धान रोपाई गरेका थिए । समयका धान रोप्न र आवश्यकता अनुसार धानबालीमा पानी राख्न पाएकोले किसानहरु यति बेला धान काट्न व्यस्त देखिन्छन् । एक तिर किसानहरु धन कटाई गरि रहेका छन् भने अर्को तिर हावा हुरी तथा बर्षाले धानलाई नोक्सान गरि रहेको छ । किसानहरु छिटै धान भित्रियाउन पाउने भएपछि खुशी भएपनि हावा हुरीले धानलाई नोक्सान गर्न थालेपछि चिन्तित भएका छन् ।।


प्रतिक्रिया दिनुहोस
