FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाका महिला मौरीपालनमा आकर्षित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    झापाका महिला मौरीपालनमा आकर्षित

    सहकारीलाई राज्यले उत्पादनमुलक क्षेत्रमा लाग्न भनिरहे पनि अधिकांश सहकारी सेयर सदस्य र कारोबार वढाउन मात्र केन्द्रित भइरहदाँ झापाको एक सहकारीले भने समुदायलाई नै परिवर्तनको पाठ सिकाइरहेको छ । झापाको सतासी महिला मौरी पालन सहकारीले आफ्ना सदस्यलाई स्वरोजागर मात्र वनाएको छैन, सहकारीमार्फत नविन कामको थालनी समेत गरेको छ ।


    सामान्य आय भएका, ग्रामिण क्षेत्रका महिलाहरुको सहकारीले गरेको उदाहरणीय काम देख्दा धेरैलाई पत्यार गर्न मुस्किल होला, तर वास्तवकै सतासी महिला मौरी पालन सहकारीले स्थानिय महिलाहरुलाई समुदायमा सहकार्यको ज्ञान मात्र वाढेको छैन, स्वरोजगार वन्न खोज्नेका लागि प्रेरणाको स्रोत नै वनेको छ ।अहिले ५ सय ५४ जना सदस्य आवद्ध यो सहकारीले सदस्यलाई व्यवसायीक मौरी पालनमा लगाएर आत्मनिर्भर त वनाएको छ। समाजमा फरक पहिचानको व्यवसायका माध्यमवाट आय आर्जनको ज्ञान समेत दिइरहेको छ । भविश्यका लागि २, ५ रुपैयाँ वचत गर्नुपर्छ भन्ने उद्धेश्यले आवद्ध भएका महिला संगठित हुदै सहकारीमा रुपान्तरण भएर स्थापना भएको हो। सहकारीले अनुदानमा पाएको १० घार मौरीवाट अहिले १ सय २० जना सदस्यलाई व्यवसायीक मौरी पालक कृषकमै रुपान्तरण समेत गरेको छ ।

    गत बर्ष सिजनमा मात्र ६० टन मह उत्पादन गरेका हुन् । यस बर्ष लकडाउनले गर्दा ३५ टन उत्पादन भएको संस्थाकी अध्यक्ष धनमाया थापाले बताउनुहुन्छ। मौरी पालन ब्यवसायबाट पाएको सफलता देखेपछि नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मौरी ब्लक कार्यक्रम समेत सञ्चालन गरि २५ लाख रुपयाँ अनुदान समेत प्राप्त गरेको अध्यक्ष थापाको बताउनुहुन्छ ।

    मौरीको चरण क्षेत्रको अभाव रहेपनि ठुलो परिमाणमा मह उत्पादन गर्दै आएका छन् भने चरणको लागि मोरंग, चितवन दाङ सम्म मौरी लाने गरेका छन्।

    मौरी पालन व्यवसाय आफैमा सम्मानित र आयआर्जनको राम्रो स्रोत भएपनि चरन क्षेत्रको अभावमा भने सोचेजस्तो उत्पादन गर्न गाह्रो भएको तर उत्पादित मह बेच्नलाई कुनै पनि समस्या नरहेको बजार ब्यबस्थापक सरु दाहालको भनाइ छ ।

    कृषि क्षेत्रका लागि शिवसताक्षी नगरपालिका प्रदेशमै सबैभन्दा बढी मह उत्पादन गरेपनि नगरको कृषि क्षेत्रको बिकासमा भने जस्तो कार्यक्रम प्रदेश र संघिय सरकारले अझै गर्न नसकेको नगर प्रमुख चन्द्रकुमार शेर्मा बताउनुहुन्छ।

    विषादीयुक्त बालीका कारण मह समेत विषादी हुने डर अहिले मौरी कृषक मारमा परेका छन् भने अर्को तर्फ महिलाबाट संचालित मौरी पालन सहकारीले मह उत्पादन गरेर स्वरोजगार संगै राम्रो लाभ लिएर राष्ट्रकै नमुना काम गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित