
- Loading...
२२ दिनमा १ सय २३ पसल अनुगमन, २६ वटा पसललाई आर्थिक जरिवाना
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


काठमाडौं महानगरपालिकाले गत २२ दिनमा तरकारी र फलफूल तथा खाद्य थरि १२३ पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको महानगरकको भनाई छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्कीको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समितिले नियमित अनुगमन गरेको जनाएको हो । अनुगमनका क्रममा २६ वटा पसललाई जरिवाना तिराइएको र जरिवानाबाट १२ लाख ८७ हजार रुपैया राजस्व संकलन भएको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिनुभयो । त्यस्तै प्याजको कृतिम अभाव सृजना गरेर बिक्रि भइरहेका प्याज बरामद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्रि गरिएको उहाले बताउनुभयो । उहाले प्रत्याप्त ऐन कानूनको अभावमा सोचजस्तो अनुगमनको काम गर्न नसकिएको गुनासो पनि गर्नुभयो ।
मूल्य र गुणस्तरमा उपभोक्तलाई ठगिनबाट बचाउनका लागि निरन्तर अनुगमन गरिने महानगरले जनाएको छ । नेपालको संविधानको अनुसुची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २९७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी फलफूल र माछामासुको अनुगमन गरिरहेको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिनुभयो ।

