FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नास्पातीको व्यापारमा कमी, किसान चिन्तित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    नास्पातीको व्यापारमा कमी, किसान चिन्तित

    नास्पातीका लागि नेपालमै प्रसिद्ध मनिन्रे ठाउँ हो दक्षिणकाली । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट मात्र वार्षिक पाँच करोड रुपैंयाँ भित्रिने गरेको छ । त्यहाँ नास्पातीका करिब सात हजार बोट छन् र करिब पाँच हजार रोपनी क्षेत्रफलमा नास्पाती रोपिएको छ । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷२०७६ देखि नास्पाती ब्लक निर्माण गरी खेती गर्न सहयोग गर्दै आएको छ । नगरपालिकामा हाल खेत, बारीको छेउ र भित्तामा नास्पाती रोपी बीचमा भने मकै, धान, कोदो, तोरी, भटमास जस्ता अनाज लगाउने गरिएको छ । पछिलो वर्षहरुमा नास्पातीको व्यापार गरेर लाखौ आम्दानी गरेका किसानले यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण सोचे अनुसार मूल्य पाउन सकेनन् । दक्षिणकालीमा उत्पादन हुने नास्पातीलाई तीन वर्गमा विभाजन गरी बिक्री गरिन्छ । यस वर्ष ठूलो नास्पाती प्रतिकेजी २५ देखि ५० सम्ममा बिक्री भएको छ भने मझौला जातका नास्पाती १५ देखि २५ सम्म बिक्री भयो । नगरपालिकाले नौवटै वडामा नास्पाती खेती बिस्तार गर्न वडा वडामा बजेट विनियोजन पनि गरेको छ । नगरपालिकालाई नास्पाती क्षेत्रका रूपमा विकास गर्न आधुनिक प्रविधिबाट खेती गराउने लक्ष्य रहेको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित