FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तोरीमा आत्मानिर्भर बनाउन सुन्दरहरैचामा १२ क्विन्टल उन्नत जातका तोरीको बिउ बितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    तोरीमा आत्मानिर्भर बनाउन सुन्दरहरैचामा १२ क्विन्टल उन्नत जातका तोरीको बिउ बितरण

    मोरंगको सुन्दरहरैचाले तोरीमा आत्मा निर्भर बनाउन १२ क्विन्टल उन्नत जातका तोरीको बिउ बितरण गरेको छ । कृषि क्षेत्रमा नगरलाई अघि बढाउन किसान सम्मेलन समेत गर्ने जनाइएको छ ।।

    मोरङको सुन्दरहरैंचा नगरपालिकाले १ हजार २ सय किलो उन्नत जातका तोरिको बीउ बितरण गरेको छ। कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा १ सय १८ जना कृषकलाई बितरण गरेको हो।

    नगरले १५ दिने सुचना प्रत्येक वडा मार्फत जारी गरेपछि किसानले आवेदन दिएका थिए। बितरण गरेको तोरिको बिउँले १ सय २० हेक्टर जग्गालाई पुग्न सक्छ। हाल सुन्दरहरैंचामा १३ सय ५० मेट्रीक टन तोरि उत्पादन हुँदै आएको छ। सहुलियत मूल्य र अनुदानमा तोरिको बीउ लिन आएका कृषकलाई नगरले एक कार्यक्रम बिच बितरण गर्दा किसान उत्साहित देख्न सकिन्छ।

    तोरिको बीउ गहुँको बीउ संगै मेसेनरी समानको अनुदानको लागि समेत कृषि शाखाले सुचना गरेको थियो। प्रती केजि अनुदान मूल्य ७५ रुपैयाँ तिरेर सहुलियत दरमा तोरीको बिउं पायो भने ६५ क्विन्टल गहुँ बीउको लागि माग आएको छ । ड्राइगन खेती, पाबर ट्रेलर र मेसेनरि समानको समेत माग निवेदन आएको कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई अगाडि भन्नुहुन्छ।

    नगरमा कृषि क्षेत्रमा खेती योग्य जमिन ६० प्रतिशत छ। कर दायर बढेको गुनासो आएपछी नगरले घटाउदै लगाएको बताउछन। नगरले गत आब भन्दा यस बर्ष कृषिलाई मुख्य रुपमा हेरेको छ भने यश बर्ष सुन्दरहरैंचाले कृषि क्रान्तिको लागि किसान समेलन गरेर उत्पादन बढाउने नगरप्रमुख शिव प्रसाद ढकालल बताउछन।

    बर्षैपिच्छे नगरले कृषि क्षेत्रमा उन्नत जातका बीउ बिजन मेसेनरी औजार अनुदानमा बितरण गर्दै आएको छ । कृषि कर्म गर्नेको लागि प्रोत्साहनमुखी कार्यक्रम , स्वरोजगार तालिम समेत दिदै आएको छ। अनुदान लिनका लागि मुख मात्र ताकेर होइन ब्यबसायिक उद्दमी कृषक बन्न सके नगरको समेत पहिचान अझै बढ्न सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित