- Loading...
हरियो केराउको तस्करी बढ्यो
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करीब रू. दुई करोड ५० लाख मूल्य बराबरको तीन लाख २५ हजार किलो हरियो मटर बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो मटर बरामद गरिएको हो। प्रहरीले छापामारी उक्त गोदाम सिल गरिदिएको छ। चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले मटर अवैधरूपमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलवार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो । ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट हरियो मटर आयात गरेको थियो। प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ ।अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ ।


