FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालगञ्जको रानी तलाउ तरकारी बजार चाइनिज लसुनले भरीभराउ, मुल्यमा पनि दोब्बरले बृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    नेपालगञ्जको रानी तलाउ तरकारी बजार चाइनिज लसुनले भरीभराउ, मुल्यमा पनि दोब्बरले बृद्धि

    करिब तीनमहिना देखि नेपालगञ्जको रानी तलाऊ तरकारी बजार चाइनीज लसुनले धानी रहेको छ । पश्चिमी तराईमा लसुनको व्यवसायी खेती नहुनु र स्वदेशी लसुन महँगो हुदाँ चााईनिज लसुनले बजार पाएको हो ।

    पछिल्लो समय नेपालगन्जको रानी तलाऊ तरकारी बजार दिन प्रतिदिन तरकारीको मुल्यमा बृद्धि भैरहेको छ । केही दिन अघि प्याजको मुल्य प्रति केजी १ सय २० रुपैयाँ पुगेको थियो । प्याजमा बिक्रीमा व्यापारीले मनपरी मुल्य लिएको भन्दै नेपालगन्ज उपमहानगरपालिको मूल्य निर्धारण गरिदिएको थियो । अहिले लसुनको मुल्य ह्वाातै बढेको छ । लसुन प्रतिकेजी २ सय रुपैयाँमा किनबेच भैरहेको छ । स्वदेशी उत्पादनले माग नधान्दा विदेशबाट लसुन आयात गरेर बेच्नुपर्दा लसुन महँगो भएको व्यपारीको भनाई छ ।

    सरकारी स्तरबाट नै किसानहरुलाई लसुन खेतीमा प्रोत्साहन गर्न सके केही हदसम्म लसुनको मुल्य सस्तो हुने अर्का व्यापारी बताउछन् । प्याज महँगो हुँदा उपभोक्तले लसुनको प्रयोग बढी गर्न थालेपछि यसको मुल्य महँगो भएको हो । भने नेपाली उत्पादनले बजार धान्न नसक्दा चाइनिज लसुनले बजार पाएको व्यापारी बताउँछन् ।

    यता, उपभोक्ता भने व्यापारीले विभिन्न वाहानाबाजी गर्दे तरकारीको मूल्य दिन प्रतिदिन बढाएको गुनासो गर्छन् । अन्य तरकारीको महँगी बढाउन व्यापारीलाई प्याज एउटा बहाना भएको उपभोक्ता बताउँछन् ।

    रानी तलाऊ तरकारी बजारका व्यपारीहरुले उपभोक्तालाई दैनिक ठग्दै आएका छन् । दिनप्रति दिन तरकारीको मुल्य बढेपनि स्थानयि सरकराले अनुगमन भने गरेको छैन । समय समयमा अनुगमन नगर्दा व्यापारीहरुले झन् मनलाग्दी रुपमा मुल्य बृद्धि गर्दे आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित