FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पशुबिमामा किसानको बढ्दो आकर्षण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    पशुबिमामा किसानको बढ्दो आकर्षण

    तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५÷७६ मा जिल्लामा १० हजार ७ सय ९५ पशुको बीमा गरिएकामा अर्थिाक वर्ष २०७६÷७७ मा ३६ हजार ४ सय २१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशु बीमा गरिएको छ । बीमावापत सरकारले एक करोड ९० लाख ८२ हजार २५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले ४७ लाख ७० हजार ५ सय ६२ भुक्तानी गरेका छन् । एक करोड ३३ लाख मूल्य बराबरका कुखुरा, पाँच करोड मुल्य भन्दा बढीको बाख्रा, १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३ सय ३ भैँसी र ७७ लाख ८५ हजार मूल्य बराबरका ५ सय १९ बङगुरको बीमा गरिएको केन्द्रले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित