FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जुम्लामा कालीमार्सी धान काट्ने चटारो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    जुम्लामा कालीमार्सी धान काट्ने चटारो

    जुम्ला । जुम्लामा यतिबेला कालीमार्सी धान काट्ने चटारो छ । धान पाक्न थालेपछि किसानलाई धान काट्न भ्याइ नभ्याइ भएको हो । त्यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् ।
    जिल्लामा दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका जुम्लाले जनाएको छ । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।
    करिब सात सय वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहर बजारमा यस्को माग बढी नै छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित