- Loading...
परम्परागत कृषिमा रमाउदै ८४ बर्षे दम्पत्ति
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


बाँकेको खजुरामा ८४ बर्षे दम्पत्ति करिब ४० बर्ष देखि कृषि पेशा गर्दै आईरहेका छन् । कृषिमा नयाँ,नयाँ प्रबिधि र औजार भित्रिरहदा उनिहरु भने परम्परागत कृषिमै रमाइरहेका छन्।

नयाँ नयाँ प्रविधिको विकाश क्रम संगै कृषि खेती गर्ने प्रणलीपनि परिवर्तन भईरहेको छ । परम्परागत र निर्भाहमुखी कृषिको अन्त्य गर्दै किसानहरु व्यावसायिक कृषि गर्दै आइरहेका प्रशसत उदाहरण भएपनि बाँकेको खजुरामा ८४ बर्षे दम्पत्ति भने परम्परागत कृषिमै रमाइ रहेका छन् । करिब ४० बर्ष देखि उनीहरुले कृषि कर्म गर्दै आएका हुन् । परम्परागत खेती गर्ने तरिका अहिलेको भन्दा कम खर्चिलो र बढि नाफा हुने उनीहरुको भनाई छ । ४० बर्षको लामो आनुभव संगालेका उनिहरु पहिलेको तरिकामा कृषि गर्दा कम खर्च र धेरै अम्दानी हुने बताउँछन् । २०३७ साल देखि कृषिमा होमिएका दम्पत्ति आज सम्म पनि सक्रिय भएर निरन्तर कृषि कर्म गर्दै आइरहेका उनीहरु भने पुरानै तरिकाले खेती गर्न मन पर्ने बताउँछन् ।
परम्परागत कृषिमा रमाइरहेका दम्पतिलाई अहिलेको नयाँ तौर तरिका देख्दा दिक्क लाग्छ । शेर बहादुर खत्रीकि श्रीमती सावित्री खत्री पनि बुढाको कुरमा सहमत छिन् । उनीपनि नयाँ प्रविधि अपनाउँदा बढी खर्चीलो हुने तर्क गर्छिन् । उमेरले ७८ बर्ष पुगेकि सावित्री खत्री श्रीमान्लाई कृषि पेशामा साथ दिदै आएकि छन् ।
४० बर्ष देखि कृषि गर्दे आएका भएपनि पनि उनीहरु सरकारले दिदै आएको सहुलित र अनुदानबाट बञ्चित छन् ।

