- Loading...
किबी खेतीमा बागलुङका किसानको बढ्दो आकर्षण
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


पछिल्लो समय बागलुङ जिल्लामा किबीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बाँझो हुन थालेका जग्गामा राम्रो किबी उत्पादन थालेपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । समुद्री सहतदेखि दुई हजार ३०० फिट अग्लो स्थानमा त्यहाँका किसानले किबीसहित, सुन्तला, ओखर, स्याउ, एबोकार्डो, कागती, अनार र हलुवावेदलगायतका फलफूल खेती गरेका छन् । यस्तै कृषि ज्ञान केन्द्र पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रमा उत्पादनसमेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रले पकेट क्षेत्रमा अनुदान मार्फत किबीका बिरुवा, किबीको थाँक्रो, बारसहित क्षेत्रफल विस्तारमा सहयोग गर्दै आएको छ । बागलुङमा झण्डै ४० हेक्टर ९८ हजार जमीनमा व्यावसायिक किबीखेती हुदै आएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ । बागलुङमा उत्पादन भएको किबी बुटवल लगायत पोखर बजारमा बिक्रि भइरहेको छ


