FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसान सुचिकरण अभियान सन्चालको लागि गृहकार्य सुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    किसान सुचिकरण अभियान सन्चालको लागि गृहकार्य सुरु

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरूको सुचिकरण गर्ने भएको छ । उक्त कार्यक्रमको कार्य योजना तथा कार्य विधि, सफ्टवेयर बन्ने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उक्त सुचिकरणकाको काम नेपालभर रहेका पालिकाबाट हुने र प्राप्त तथ्यांक प्रदेश र सघंमा आउने निणर्य भएको मन्त्रालयले जनाएको हो । स्थानीय तहबाट जाँदा वास्तविक किसान र किसानको समस्या सम्बोधन हुने पनि मन्त्रालयको अनुमान छ । सुचिकरण पश्चात् किसानका हरेक तथ्य रेकर्डमा रहने छ । कार्य योजना बन्ने क्रममा रहेको यस सुचिकरण अभियान वार्षिक रुपमा संचालन हुुनेछ । कसले कृषि पेशा अंगाले, कसले छाडे जस्ता जानकारी देखि किसान मोबाइल एप, किसान पहिचान नविकरणका साथै कृषकहरूको समस्या समाधान, कृषि ऋण तथा अनुदान पाए÷नपाएको विवरण, रासायनिक मलको प्रयोग, कृषकका मुख्य बाली, जस्ता विषय सुचिकरणमा समेटिनेछ । कार्य विधि योजना पुर्ण भइसके पछि किसान सुचिकरण अभियानको घोषणा हुने मन्त्रालयले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित