- Loading...
चाडपर्वका बेला हुनसक्ने ठगीलाई नियन्त्रण गर्न निरन्तर बजार अनुगमन
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला हुनसक्ने ठगीलाई नियन्त्रण गर्न निरन्तर बजार अनुगमन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले सही सूचनाको आधारमा निरन्तर बजार अनुगमन भइरहेको बताउनुभएको हो । अनुगमन गर्नको लागि अन्य विभाग र निकायसंगको समन्वय पनि आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले अहिले विभागले बजार अनुगमनमा जाने टोलीको आचारसंहिता मस्यौदा तयार पारेको बताउनुभयो । उहाले अनुगमनलाई प्रभावकारी बनाउन अन्य पक्षहरुको पनि भुमिका रहनु पर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाँले केहि दिनयता काठमाडौंमा म्याद सकिएका समाग्री बजार पठाउने कम्पनीमा सिल भएको भन्दै यस बिषयमा कानून अनुसार अघि बढ्ने बताउनुभयो ।

त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुशासन कायम गर्न निरन्तर रुपमा काम भइरहेको दावी गर्नुभयो । उहाँले कालोबजारी, ठगी गर्दै उपभोक्तमाथिको स्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागीहरुले चाडपर्वका बेला हुनसक्ने कालोबजारी, ठगी जस्ता कार्यलाई निरुत्साहन गर्न सर्व पक्ष एक भएर लाग्नुपर्ने बताएका थिए ।।

