FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • माछा र कुखुरा पालेरै मासिक एक लाख बचत

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    माछा र कुखुरा पालेरै मासिक एक लाख बचत

    बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आउनुभएको छ ।

    तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका सानाठूला गरी ३० हजार बढी माछा छन् ।

    विसं २०७० सालमा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आउनुभएको नारायण कृषि फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताउनुभयो । जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ ।

    अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गर्नुभएका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताउनुभयो । दश रोपनी क्षेत्रफलमा रहेको उहाँको फार्ममा माछासँगै एक हजार ४०० बोइलर कुखुरा, एक सयभन्दा बढी लोकल कुखुरा, केही हाँस र टर्की छन् । यससँगै शर्माले उखु र केराखेती पनि गर्नुभएको छ ।

    उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाइ छ । उहाँले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आउनुभएको छ । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा खुवाउने योजनानुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताउनुभयो ।

    “लोकल माछा लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आर्कषण हो”, शर्माले भन्नुभयो । उहाँको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । थप दुई जनाले रोजगारी पाएका छन् । कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उहाँले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राख्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित