FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कानुन विपरीत जग्गा कित्ताकाट खुलाएको सरकारी आश्वासन समिति ठहर

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले कृषियोग्य जमिनको कित्ताकाट खुल्ला गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय नेपालको कानून बिपरित भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भू–उपयोग ऐन बनेपनि नियमावली बन्न नसेकेको र ऐन कार्यान्वयन हुनका लागि नियमावली बन्न आवश्यक हुनुपर्ने भएपनि प्रशासनिक आदेशको भरमा कित्ताकाट खुल्ला गरेको भन्दै यो नेपालको संविधान र प्रचलित कानूनको बिपरित भएको निष्कर्ष निकालेको हो ।

    भू–उपयोग ऐन बनेको दुई बर्षसम्म पनि हालसम्म नियमावली बन्न सकेको छैन । नियम र निर्देशिका नबनाइ पुरानै निर्देशिकाका आधारमा काम गर्नुपर्ने अवस्था देखिएकाले यस बिषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र सचिवसंग छलफल गर्ने निर्णय गरिएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो । त्यस्तै जनस्वास्थ्य ऐन बनेको करिव दुई बर्षपछि गत असोज ५ गतेमात्र नियमावली बनेको भन्दै बैठकले नियमावली बन्नु अघि अस्पतालको तह निर्धारण, दर्ता अनुमति लगाएतका बिषय निर्देशिकाको भरमा चलेको भन्दै यस बिषयमा अध्ययन गर्ने निर्णय गरेको सभापति बिडारीले बताउनुभयो ।

    जनस्वास्थ्य ऐनको नियमावली बन्नु अघि गरेका काम कारवाहीका बारेमा अध्ययन गरेर आगामी बैठकबाट सरकारलाई आवश्यक निर्णय गरिने सभापति बिडारीले जानकारी दिनुभयो । समितिको अर्को बैठक आगामी मंगलबार बोलाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित