- Loading...
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको बार्षिक कार्यक्रम सार्वजनिक
- कृषि टि.भी.
- २ साल अघि
- ९७ पटक पढिएको

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले १५ करोड २ लाख ७८ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।
लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी विज्ञ केन्द्रले १५ करोड २ लाख ७८ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. प्रवेज आलमका अनुसार यो बर्ष २ वटा थप पकेट क्षेत्र विस्तार सहितको कार्यक्रम ल्याइएको छ ।
बाइट ः डा. परवेज आलम, प्रमुख, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही ।
कोभिडको कारण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न नसकीएको अवस्थामा सोही कुरालाई मध्यनजर राख्दै विभिन्न कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याईने प्रमुख डा. आलमले बताउनुभयो । रुपन्देही जिल्ला र नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र रहेको कार्यालयले कृषि उत्पादन, खाद्य तथा पोषण , स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम, अभियान मुखि(मिसन), पशुपंक्षि विकास तथा पशु स्वाथ्य कार्यक्रम, ससर्त अनुदान तर्फका कर्याक्रम सञ्चालन गर्न लागेको हो ।
बाइट ः डा. परवेज आलम, प्रमुख, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एक राज विश्वकर्माले अवको कृषि भनेको उत्पादन मुखि, परिणाम मुखि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि तथा पशुपालन क्षेत्रका कार्यक्रमहरु अव टुक्रे आयोजना भन्दा पनि वृहत खेती, उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
बाइट ः एक राज विश्वकर्मा, प्रमुख, जिल्ला समन्वय समिति, रुपन्देही
कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका उप प्रमुख पशुपाती यादव, संमन्वय अधिकारी शोभकान्त पाण्डे, नवलपरासी जिसस सदस्य आशा देवी चौधरी, कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख दिवेश मिश्र, विज्ञ केन्द्र पशु विकास अधिकृत डा. प्रतिमा विष्ट, केन्द्रीय दुग्ध सहकारीका सञ्चालक हरि प्रसाद काफ्ले, रुपन्देही दुग्ध सहकारी अध्यक्ष लेखनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राख्नुभयो ।


