FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्थानयि भन्दा भारतीय तरकारीले बजार पाएपछि खजुराका किसान चिन्तित, तरकारी खेतमै कुहिने चिन्ता

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    स्थानयि भन्दा भारतीय तरकारीले बजार पाएपछि खजुराका किसान चिन्तित, तरकारी खेतमै कुहिने चिन्ता

    खुल्ला सिमानाका कारण भारतीय तरकारीले बजार पाउँदा बाँकेका किसान चिन्तित हुन थालेका छन् । भारतीय तरकरीले बजार पाएपछि त्यहाँको किसानहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ ।

    बाँके जिल्लामा करिब १६ हजार हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ । मेहनतअनुसार तकारीको उत्पादन पनि राम्रो हुन्छ । तर, उपत्पादन अनुसार बजार नपाउँदा त्यहाँका किसान चिन्तित हुन थालेका छन् । खुल्ला सिमानाका कारण र भारतीय तरकारी सस्तो हुँदा नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन् । भारतमा बिउ, मल देखि विषादी समेत सस्तो हुदाँ त्यहाँको तरकारी नेपालको तुलनामा सस्तो हुन आउँछ । तर, नेपालमा तरकराी खेतीका लागि आवश्यक पर्ने बिउबिजन मल सबै महँगोमा किन्नु पर्ने वाध्यता हुदाँ भारतको तुलनामा तरकारी बिक्री हुन नसक्ने अवस्था आउँदा खेतमै तकारी कुहिएको खजुराका किसान लाल बहादुर खत्री बताउँछन् ।

    सबिता गिरिले पहिले १५ कट्ठा खेतमा तरकारी खेती गरेर बार्षिक ५ लाखसम्म आम्दानी गर्दे आएकि थिइन् । तर पछिल्लो समय उनले पाँच कट्ठामा मात्रै तरकारी खेती गर्दे आएकि छन् । तरकारीले सहजै बजार नपाउँदा उत्पादन घटाउनु परेको उनी बताउछिन् ।

    स्थानिय किसानहरुले उत्पादन गरेका तरकारीको बजारीकरणका सरकारी स्तरबाट नै पहल हुन आवश्यक छ्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित