FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेमा रोकिएन वन अतिक्रमण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    बाँकेमा रोकिएन वन अतिक्रमण

    बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागुभएपनि बाँकेमा वन अतिक्रमण रोकिएको छैन । भने काटिएका रुखकको टेन्डर नहुदाँ अव्यवस्थित रुपमा फालिएका छन् ।

    बाँकेमा १७ वटा सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागुभएपनि ११ वटा सामुदायिक वनले मात्र व्यवस्थापन कार्यक्रम अनुसार काम गरेका छन् । डिभिवन वन कार्यालयका प्रमुख राजु क्षेत्रीका अनुसार ११ वटा सामूदायिक वनलेमात्र कार्यक्रम अनुसार काम गरेका छन् । डिभिजन वन कार्यालय मार्फत राष्ट्रिय वनको २ हजार २ सय ६८ हेक्टर क्षेत्रफलमा ७ वटा कम्पार्टमेन्ट र सो अन्तर्गत ८ वटा सव कम्पार्टमेन्ट गरी कुल ५६ वटा सव कम्पार्टमेन्टमा १० बर्षे कार्ययोजना बनाई काम भैरहेको क्षेत्रीले बताउनुभयो ।

    दिगो वन व्यवस्थापन बैज्ञानिक वन व्यवस्थापन गर्नुपर्ने कुरा २०३३ सालको राष्ट्रिय वन निती, २०४५ सालको वन क्षेत्र गुरुयोजना लगायतमा उल्लेख गरीएको छ ।

    त्यस्तै, २०५७को निितले पनि तराई र भित्री मधेसको चक्ला वनको सहभागितामुलक तरिकाले दिगो वन व्यवस्थापन गर्नुपर्ने अवधारणा अगाडि ल्याएको वैज्ञनिक वन उपभोक्त समितिका अध्यक्ष राज बहादुर चौधरीले बताउनु भयो ।
    बाइट ः राज बहादुर चौधरी, अध्यक्ष, वैज्ञनिक वन उपभोक्त समिति, बाँके
    त्यस्तै, सामुदायिक वन उपभोक्ता संजालका कृष्ण केसी भने सरकारले यस कार्यक्रम अन्र्तगत बाँकेमा काम गर्न नदिएको धाराण राख्छन् । बाँके भित्रका सामुदायिक वन उपभोक्ताले वन संरक्षण गर्दै त्यस्को दिगो व्यवस्थापनका साथै आफ्नो आय आर्जन गर्दै आएको बेलामा अन्यत्र जिल्लामा गल्ती गरेको बहानामा जताततै काम रोक्न नहुने केसीको भनाइ छ ।

    बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयले काम गरेको राष्ट्रिय वन क्षेत्र र उपभोक्ता समुहहरुले काम गरेको सामुदायिक वन क्षेत्रमा अवलोकन समेत गरिएको थियो । वन ऐन २०४९ र वन नियमावली २०५१ मा सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना तयार गरी स्वीकृत कार्ययोजना वमोजिम मात्र वन व्यवस्थापनको कार्य संचालन गर्न पाउने व्यवस्था रहेको छ । हरेक बर्ष वन डिभिजनका कार्यालयको सहमतिमा २० हजार १ सय २२ रुख कटान र २५ हजार १ सय १३ रुख रोप्नुपर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित