- Loading...
ऐतिहासिक महत्व बोकेको मोरगंको भलुवा झोरा सिमसारको राज्य मन्त्रि बिश्वासले गरे अनुगमन
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

उधोग पर्यटन बन तथा बाताबरण राज्य मन्त्रि विजय कुमार बिश्वासले ऐतिहासिक महत्व बोकेको मोरगंको भलुवा झोरा सिमसार क्षेत्रको अनुगमन गरेका छन् । कसैको ध्यान जान नसकिरहेको अवस्थामा मन्त्री विश्वासले अनुगमन गर्दे प्रदेश सरकारबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।

मोरंगको रगेली नगरपालिका वडा २ मा रहेको भलुवा झोरा सिमसार क्षेत्रको संरक्षणमा स्थानियको चासो बढे संगै उधोग पर्यटन बन तथा बाताबरण राज्य मन्त्रि विजय कुमार बिश्वासले शुक्रबार अनुगमन गरेका छन्। अनुगम संगै डिभिजन बन कार्यालय मोरंग र कृषि टेलिभिजनले समेत संयुक्त रुपमा अनुगमनमा सहभागी भएका छन् ।
एतिहासिक र पौराणिक कालखण्ड संग जोडिएको करिब ४ बिघामा ओगटिएको यो सिमसार क्षेत्रलाई मन्दिर समितिले संरक्षण गर्दै आएको छ तर स्थानिय सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको छ। भलुवा महाराजको थान रहेको यो क्षेत्रमा राति १२ बजे भलुवा महाराज सेतो घोडामा चढेर आउने गरेको स्थानियको भनाई छ। यस बारे थप्दै स्थानीय प्रकाश चन्द्र भट्टराई।
एतिहासिक महतव बोकेको भलुवा झोरा सुगम जिल्लाको दुर्गम ठाउँ रहेको तर पुरातात्विक बिकास हुन् नसकेको आवस्था छ। यसलाई सिमसार क्षेत्रको बिकास गर्न सके आन्तरिक पर्यटन भित्राउन सकिन्छ। स्थानीय सन्दिप चिमरिया सिमसार क्षेत्रलाई पर्यटन बिकास गर्न समुदायको बिकासमा टेवा पुग्ने भनाई छ।
मोरंग जिल्लामा अहिले सम्म २२ वटा सिमसार क्षेत्र छन्। यस सिमसारबाट स्थानियले अझै लाभ लिन सकेको छैन। यस स्रोतको बिकास गर्न स्थानिय अगुवा, समबन्धित निकायको सहयोगको खाचो रहेको छ। यसबारे मोरंग जिल्ला डिभिजन बन कार्यालयका प्रमुख बिशाल घिमिरे अगाडी भन्छन।
यसको पानि सिचाईको लागि कृषि क्षेत्रमा टेवा पुग्ने छ भने माछा पालन गरि आम्दानि गर्न सकिन्छ। संगै धार्मिक पर्यटनको रुपमा बिकासका लागि पहल गर्न सके यो क्षेत्रको पूर्वाधार बिकास, संगै रोजगारी समेत स्थानियले पाउने छन् भने होटल ब्यबसाय समेत फ़स्टाएर जानेछ।
अनुगम गर्दै राज्य मन्त्रि विजय कुमार बिश्वासले स्थानीय पर्यटनको बिकास गर्नु पर्छ भनेर स्थलागत अनुगमन गर्दै सिमसारक्षेत्रको बिकासकालागि कानुनि रुपमै दर्ता गरेर अगाढी बढ्न स्थानीयलाई सुझाब दिदै आफुले यसको बिकास र संरक्षण गर्न मन्त्रालयबाट भरपुर सहयोग गर्ने बताउनु भयो।
प्रदेश सरकारले जसरी चासो व्यक्त गरेका छन् त्यसै गरि स्थानीय रंगेली सरकारको ध्यान उतिकै जान जरुरि छ। रंगेली नगरपालिकामा स्थानीय सरकारको ३ बर्षे कार्यकालमा यो सिमसारको लागि अहिले सम्म बजेट बिनियोजन गर्न सकेको छैन। यस्ता एतिहासिक र पुरातात्विक संस्कृतिको धनि मानिएको क्षेत्रको बिकासमा सबैको साथ र सहयोगको खाचो छ।

