
- Loading...
कृषि उत्पादन विश्वबजारमा
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


नेपाली कृषि उत्पादन विश्वबजारमा पु¥याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु¥याउने तयारी भएको हो । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ को छलफलमा वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेकोमा चिन्ता व्यक्त गर्दे अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने बताइएको छ । उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताउनुभयो । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उहाँको भनाइ छ । बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपाल र विदेशमा बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । कन्चनजंगा टिस्टेटका डाइरेक्टर शान्ता कोरोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिनुपर्ने धारण राख्नु भएको थियो । उहाँलेअर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएकाले अन्र्तर्राष्ट्रिय बजारमा नेपाली कृषि उत्पादन निर्यातमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै खाद्य प्राविधिक सक्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने जानकारी गराउनु भएको थियो ।


