FLASH NEWS
- Loading...
स्वदेश फर्केर कृषि पेशामा
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


काठमाडौं । पैसा कमाउनको लागि बिदेश नै जानुपर्ने अवस्थालाई पर्साका युवाले झुठो साबित गरि दिएका छन । मिहेनत गरेर काम गर्ने दृढ ईच्छा शक्ति भए स्वदेशमै बिदेशको भन्दा पनि राम्रो पैसा कमाई गर्न सकिन्छ । बारम्बार बिदेश गएर पनि राम्रो कमाई गर्न नसकेपछि सम्सेद अन्सारी स्वदेशमै कृषि पेशामा लागेका हुन् । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३० प्रसोतीपुर घर भएका ३३ बर्षिय युवक सम्सेद अन्सारीले ८ बर्ष बिदेशमा काम गरे पनि केही गर्न नसकेपछि स्वदेशमै गाईपालन गरेर राम्रो आम्दानी गर्दै आएका छन । उनी पहिलो पटक २०६८ सालमा रोजगारीका लागि कतार गएका थिए । त्यसपछि ८ बर्ष विदेश बसे । तर आठ बर्षसम्म विदेसी भूमिमा काम गर्दा पनि केही प्रगति हुन नसकेका पछि स्वदेशफर्किए कृषि पेशामा लाग्ने सोचका साथ नेपाल आए । अहिले उनले बार्षिक ६० हजारभन्दा बढी कमाउँछन्् ।
सुरक्षा गार्डको काममा मलेसिया पुगेका अन्सारीले त्यहाँ १२ घण्टासम्म ड्युटि गर्दा जम्मा ४० हजार रुपयाँ मात्र कमाउथे । उनले त्यहाँ हुँदा धेरै पैशा कमाउन नसकेपनि त्यही पैसाबाट केही बचाउन सफल भएर स्वदेश फर्किए गाईपालन तिर लागे । अहिले उनको दिनचर्या गाईको स्याहारमा वित्छ । उनले दैनिक ५० लिटर भन्दा बढी दुध बेच्दछन् । चारवटा गाईपालिरहेका उनले दुई वटा गाई थप्पे सोच बनाएका छन् ।
८ बर्ष विदेशी भूमिमा विताएका उनले युवाहरुलाई स्वदेशमै मेहनत गर्न सके विदेशमा भन्दा बढी आम्दानी लिन सकिने बताएका छन् । बिदेशको ६० डिग्रीको तापक्रममा जल्नु भन्दा स्वदेशमै पशु पालन, कृषि जस्ता पेशा अपनाएर केही गर्न सकिने उनको भनाई छ । विदेशीने हरेक युवाले अन्सरीको जस्तै सोच्ने हो भने अवश्य नै नेपाल देश समृद्ध हुनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस
