- Loading...
आज विश्व खाद्य दिवस
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


काठमाडौं । ४० औ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । यस बर्षको खाद्य दिवस कार्यक्रम कोभिड १९ ले खाद्य सुरक्षा र कृषि जीविकामा पारेको असरमा केन्द्रीत रहेको थियो ।
४० औ विश्व खाद्य दिवसको अवसरमा आइतबार देखि काठमाडौं जारी कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि खाद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताउनुभयो । ४० औ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको बताउनु भएको छ ।
भुसालले इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिहेको उल्लेख गर्दै गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कृृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको उहाँको भनाई थियो ।
यस्तै कृषि विकासको लागि अब फरक तरिकाले सोच्नुपर्ने खाद्यका लागि कृषि अभियनता उद्धव अधिकारीले बताउनुभयो । उहाँले रासायनक केमिकल हालेर धरै र ठूलो उत्पादन गर्ने तर्फ लाग्नाले कृषिलाई जंघारतिर धकेलिरहेको बताउनुभयो । वर्षेनी कृषि उपजको आयात उच्च हुने हो भने कृषि प्रधान भनेर चिनिने देशलाई कृषि उपज आयात गर्ने देश भनेर चिनिने बताउँदै उनले रासायनिक खेती गरेर पनि उत्पादन नबढकोले अब प्रांगारिक खेतीतर्फ नै जोड दिनुपर्ने उहाँको भनाई थियो ।
कृषि विज्ञ डा कृष्ण पौडेलले ४० आंै विश्व खाद्य दिवसको साताव्यापी अभियानले विद्यमान खाना र खेतीपाती प्रणालीलाई परिवर्तन गर्नुृपर्ने विषयलाई थप उजागार गरेको बताउनुभयो ।
४० औं खाद्य दिवसको अवसरमा बिउ उत्पादन तथा वितरण, कृषि बजार व्यवस्था समिति, मेलिफोरा मौरी व्यावसायी, सेरेना मौरी व्यवसायी, प्रांगारिक खेती अभियान र विश्व खाद्य दिवसका अवसरमा छापिएका सर्वोत्कृष्ट लेखरचना गरी ४ वटा विधामा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, कोभिड १९ का कारण सिमान्तकृतहरूलाई खाना खुवाउने सामाजिक अभियान्ताहरूलाई पनि समान्न गरिएको छ ।

