FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • काठमाडौँ महानगरपालिकाले गर्यो खसीबजार अनुगमन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    काठमाडौँ महानगरपालिकाले गर्यो खसीबजार अनुगमन

    काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ । शनिबार बिहानै अनुगमन टोलीले काठमाडौंको खसिबजार लगाएतका बिभिन्न स्थानमा पुगी आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थकर खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरण भए नभएको अनुगमन गरेको हो । दशैका बेला अस्वस्थ्य खसि बोका तथा च्याङ्ग्राको बिक्रि बितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमन गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका पशु सेवा महाशाखा प्रमुख डा अवधेश झाले स्वस्थकर खसि बोका तथा च्याङ्ग्रा बितरण भए नभएकोबारे अनुगमन गरिएको जानकारी दिनुभयो । उहाले बिक्रि गर्न लागिएका खसि बोका तथा च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । स्वस्थ देखिएकालाई हरियो स्टीकर लगाएर बिक्रि बितरण गर्नुपर्ने र अस्वस्थ देखिएकालाई रातो रंंग लगाएर बिक्रिबितरण गर्न नहुने उहाले जानकारी दिनुभयो ।
    बाइट ः अवधेश झा,प्रमुख, पशु सेवा महाशाखा काठमाडौं महानगरपालिका
    आम उपभोक्तलाई ठगि गरेर अस्वस्थकर खसि बोका तथा च्याङ्ग्रा अथवा मासूको बिक्रिबितरण गरिए कडा कारवाही हुने महानगरले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित