- Loading...
४० औं विश्व खाद्य दिवशको अवसरमा कृषक सम्मानित
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


४० औं विश्व खाद्य दिवशको अवसरमा दोलखा र रामेछापका चार कृषि फार्मलाई पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र रामेछापले दोलखाको जिरी नगरपालिका २ स्थित एलुङमा रहेको सर्वखासा कृषि फार्म प्रा.लि र बैतेश्वर गाउँपालिका ४ मा रहेको ग्यालेक्सी मौरी फार्म तथा रामेछापबाट गोकुलगंगा गाउँपालिका ३ स्थित एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि र सुनापाति गाउँपालिकास्थित वडा नम्बर २ मा रहेको अग्लेश्वरी मल्टीप्रोडकसन प्रालिलाई नगद सहित पुरस्कृत गरेको हो । सो ४ फार्मलाई जिल्लास्तरीय ‘राष्ट्रपति उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत गरिएको हो । एग्रो एण्ड लाइभ स्टक नेपाल पहिलो नम्बरमा परेको छ भने सर्वखासा कृषि फार्म दोस्रो नम्बरमा पर्न सफल भएको छ । यस्तै, ग्यालेक्सी मौरी फार्म तेस्रो नम्बरमा र अग्लेश्वरी मल्टीप्रोडकसन चौथो नम्बरमा परेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै रामेछापको २ र दोलखाको २ फार्मलाई यो वर्षको जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो ।।

कृषि ज्ञान केन्द्र रामेछापले आज एक कार्यक्रमको आयोजनागरी दोलखास्थित सर्वखासा कृषि फार्मका सञ्चालक पासाङतेञ्जी शेर्पा र ग्यालेक्सी मौरी फार्मका सञ्चालक पोष्ट बहादुर दाहाल तथा रामेछापस्थित एग्रो एण्ड लाइभ स्टक नेपालका राजन बहादुर लामा र अग्लेश्वरी मल्टीप्रोडकसन प्रालिका मोहन कुमार तामाङलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।जसमा एग्रो एण्ड लाइभ स्टक नेपाल पहिलो नम्बरमा परेको छ भने सर्वखासा कृषि फार्म दोस्रो नम्बरमा पर्न सफल भएको छ । यस्तै, ग्यालेक्सी मौरी फार्म तेस्रो नम्बरमा र अग्लेश्वरी मल्टीप्रोडकसन चौथो नम्बरमा परेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ।कृषि क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै रामेछापको २ र दोलखाको २ फार्मलाई यो वर्षको जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो।

