- Loading...
किसान र बैंकविच पुलको काम गर्न लुम्बिनी प्रदेशमा शुलभ कर्जा सहजकर्ता नियुक्ती,
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको


लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । १२ जना सहजकर्ता नियुत्त गरेको हो ।

लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । १२ वटा जिल्लामा परिचालित भएका सहजकर्ताहरुको लागि पहिलो पटक गर्ने कार्य विवरण लगायत जिम्मेबारीको विषयमा जानकारी दिन २ दिने तालिम अभिमुखिकरण समेत गरिएको छ । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलले सहजकर्ताहरुले किसानहरुको बास्तविक समस्या समाधानको लागि बैंक र किसानहरुको विचमा पुलको काम गर्न आग्रह गर्नु भयो ।
बास्तविक किसानहरुले सहज रुपमा कर्जा नापाईरहेको गुनासोलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको मन्त्री पौडेलको भनाई छ । यता, मन्त्रालयका सचिव डा.रेवती रमण पौडेलले वास्तविक किसानहरुले सहज रुपमा नेपाल सरकारले प्रदान गरेको कृषि कर्जा नपाईरहेको भन्ने गुनासो सम्बोध गर्न र उनीहरुलाई सहज रुपमा बैंकको पह्ुँचमा ल्याउनको लागि कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
प्रदेशका १२ वटा जिल्लामा रहेर खासगरी कृषि तथा पशुपालनमा काम गर्ने किसानहरुले बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा कर्जा प्राप्त गर्न नसकेको गुनासोलाई सम्बोधन गर्ने गरी बैंक र किसानहरुको विचमा सहजीकरण गर्ने उदेश्यले कर्जा सहजकर्ताहरु नियुक्ती गरी परिचालन गर्न लागिएको हो ।

