
FLASH NEWS
- Loading...
एक महिनामा बजार अनुगमनबाट ७८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको

वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनबाट ७८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कानून र मापदण्डविपरति कार्य गर्ने १ सय ३७ पसललाई कारवाही गर्दा सो रकम संकलन भएको हो । ८ सय १ फर्मको अनुगन गर्दा १ सय ३७ कारबाहीमा परेका हुन् । अनुगमनका क्रममा खान आयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो । विभागका अनुसार १ सय ४ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फर्मको कारोबार रोक्का तथा सिलबन्दी गरिएको छ । ४ सय ४८ फर्ममा सामन्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ । गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्येमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ । ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारवाही गरिएको थियो ।।


प्रतिक्रिया दिनुहोस
