FLASH NEWS
- Loading...
कृषकलाई माछापालनमा नगरपालिकाको सहयोग
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको

माछापालनमा प्रोत्साहनका लागि इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि ४० हजार अनुदान दिएर पोखरी निर्माण गरीने नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको हो । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ । माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट भैसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
