- Loading...
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी र जंगल वाकका लागि खुला
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


शुक्लफाँटा राष्ट्रिय निकुञ्ज जंगल सफारी र जंगल वाकका लागि खुला गरिएको छ । निकुञ्ज कार्यालयलेसूचना सार्वजनिक गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जंगल सफारी र जंगल वाकका लागि खुला गरेको जानकारी दिएको छ । सो सूचनामा निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने उल्लेख छ । यसका अलवा एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख छ । जंगल सफारी तथा जंगल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्नेछ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राइभ र जंगल वाक गर्न पाइने बताइएको छ । निकुञ्जभित्र हुने ¥याफ्टिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा उल्लेख छ । निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइनेछ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो ।।


