- Loading...
हिउँदे खेतीका लागि कैलालीमा रासायनिक मल अभाव
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको


कैलालीमा रासायनिक मलको अभाव भएको छ । हिउँदे खेती गर्ने समय भइसक्दा पनि किसानहरुले रासायनिक मल पाएका छैनन् । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान मलका लागि भौतारिन थालेका छन् । धान खेती गर्दा रासायनिक मल अभाव झेलेका किसान हिउँदे खेतीका लागि पनि मल अभाव भेल्नुपरेको हो । कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीले जनाएको छ । यता कृषि सहकारीले भने ढुवानीको कारण देखाउँदै तोकिएको मूल्यभन्दा बढी मूल्यमा मल बिक्री गरिहेको किसानहरुले गुनसो गरेका छन् । स्थानीय तहले मलको बिक्री वितरण, मूल्यमा एकरुपता, अनुगमन गर्न निर्देशिका जारी गरी कार्यान्वयन गर्नु अति आवश्यक रहेको किसानको माग छ ।।


