- Loading...
खसीबोका किन्नेहरुको भिड, एकै दिन बिक्री भयो ५ सय ४० वटा
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यभन्दा धेरै सस्तो भएपछि बिक्री पनि एकैदिनमा भएको छ । एकैदिन ५ सय ४० वटा क्रिी भएको कम्पनीले जनाएको छ । सोमबार नै ५ सय ४० बिक्री भैसकेका हुन् । कम्पनीले आयतबार ल्याएको ६ सय ५ मध्ये सोमबार बिक्री भएर बाँकी भएका ६५ र मंगलबार बिहान ल्याइएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । कम्पनीका अनुसार थप २ सय ९५ खसीबोका आउने क्रममा छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एक एक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तर, सो संख्याले उपत्यकाको माग नधान्ने देखिन्छ । अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।


