- Loading...
समर्थन मूल्यमा धान किन्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने निर्णय
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

|The intensity and pattern of rainfalls has affected the cultivation of rice, the main product in Udaipur area and source of income of thousands of families. According to farmers in the region, the last 15 years have been very dry and their production has been decaying approximately 3% per year, according to Ram Basnet (coordinator of NIDS). However, 2016 was an exceptional year with more rain and consequently better production. Because of the growing challenges faced specially in the cultivation of rice, several households have members of the family who migrated to work abroad in other sectors. In most cases it is the men of the family that leave and send remittances from abroad. Udayapur, Nepal, is one of the regions in the country vulnerable to the impacts of climate change. Several families have lost their houses and livelihoods due flooding. They also face difficulties with their plantations because of changes on rain patterns.

सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो । कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका २०७७ पारित गरेको छ । निर्देशिकाअनुसार सहकारीहरुले सरकारी अनुदान प्राप्त गर्नका लागि सरकारले तोकेको समर्थन मूल्य तिरेर किसानको धान किन्नुपर्ने छ । कृषि मन्त्रालयले यस वर्षको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । सरकारले तोकेको यो मूल्यमा धान किन्ने सहकारीले अनुदानवापत सरकारबाट प्रतिक्विन्टल १ सय १२ रुपैयाँ प्राप्त गर्ने मंगलबार पारित निर्देशिकामा उल्लेख छ ।।


