FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेमा दुध संकलनमा रोक

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    बाँकेमा दुध संकलनमा रोक


    बाँके । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान बाँकेले संकलन गर्दै आएको दुध संकलनमा रोक लगाउने निर्णंय गरेको छ । रोक लगाउने निर्णय गरेपछि दुध विक्री गर्दै आएका कृषकहरुमा निराष छाएको छ । करिब १ महिना दुध संकलन बन्द हुँदा आर्थिक क्रियाकलापमा धक्का पुग्ने उनीहरुको भनाई छ । लामो समय कोरोना कहरमा गुर्जीएका किसान बन्दाबन्दी खुलेसँगै केही राहात महसुस गरेका थिए । तर, संस्थानको निर्णयले पुनः अघात पुगेको कृषकहरुको भनाई छ ।
    श्री जनकटाव दुग्ध सहकारी संस्थाका व्यवस्थापक दिप कार्की सहकारीले संकलन गरेको दुध दुग्ध विकास संस्थान नेपालगञ्ज दुग्ध वितरण आयोजनाले लिनुपर्ने धारण राख्छन् ।
    यता दुग्ध विकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजनाले भने नेपालगंज वितरण केन्द्र एक्लैको निर्णय नगरेको बताउछन् । केन्द्रको निर्णयलाई मान्ने पर्ने हुदाँ आगामी मंसिर ४ गते सम्म दुध संकलन नहुने उनी बताउछन् ।
    बाँके जिल्लामा ४० देखि ५० को संख्यामा डेरी उद्योगहरुले दुध विक्री वितरण गर्दै आएका छन् । भने १५ देखी २० ओटा डिपोले खुल्ला दुध विक्री गर्दै आएका छन् । कोहलपुरको पिपरीमा रहेको दुग्ध विकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुरले सुर्खेत ,बर्दिया ,बाँके,दाङ्ग लगायतका जिल्लाबाट करिब १० हजार लिटर दुध संकलन गर्ने गरेको छ भने बाँकेमा यस संस्थानबाट करिव एक हजार लिटर दुध विक्री वितरण हुदै आएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित