FLASH NEWS
- Loading...
असिनापीडित काठेखोलाका किसानलाई राहत
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत उपलब्ध गराएको छ । गत वैशाख ८ गतेको भीषण असिनाबाट पीडित १ सय ६५ परिवारका लागि दशैँको समयमा राहत दिइएको हो । काठेखोला गाउँपालिका–२ भीमापोखराका किसानले बारीमा लगाएको मकै, आलु, तरकारीलगायतका अन्नबाली असिनाले नष्ट गरेको थियो । गाउँपालिकाकाको पहलमा विभिन्न संघ संस्थाले दुई लाख ५० हजार ४ सय ५५ रुपैया बराबरको खाद्यान्न राहत उपलव्ध गराएका छन् ।


प्रतिक्रिया दिनुहोस
