FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • परेवाको गुँड संरक्षणमा जुट्यो कुम्मायक गाउँपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    परेवाको गुँड संरक्षणमा जुट्यो कुम्मायक गाउँपालिका

    पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो ।यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । परेवाको संरक्षण र आहारका लागि दानपेटिका समेत राखिएको छ । परेवाको सङ्ख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने विक्री गर्न दिइएको छ । परेवाका बच्चाको प्रतिजोडी २५० तोकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित