
FLASH NEWS
- Loading...
घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


लमजुङको क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीबाट तेल उत्पादन थालिएको हो । उक्त सेन्टरमा ६ सय केजी तितेपातीबाट एक लिटर तेल उत्पादन हुदै आएको छ । कम्पनीले स्थानीयसँग प्रतिकेजी चार रुपैयाँमा तितेपाती खरिद गर्ने गरेको छ । तितेपातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । तेलको बजार मूल्य प्रति लिटर ७ देखि १० हजार रुपैयाँ रहेको छ । तीतेपातीसँगै रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गर्ने गरेको छ ।।


प्रतिक्रिया दिनुहोस
