FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्य कम्पनी नेपालगन्जले चालु आवमा ४० हजार क्वीन्टल धान खरीद गर्ने तयारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    खाद्य कम्पनी नेपालगन्जले चालु आवमा ४० हजार क्वीन्टल धान खरीद गर्ने तयारी

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि किसानसँग ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ । कम्पनीले आगामी मंसिर पहिलो हप्तादेखि धान खरिदको काम सुरु गर्ने तयारी गरेको छ । उनका अनुसार कम्पनीले २० हजार क्वीन्टल मोटा र २० हजार क्वीन्टल मध्यम धान खरिद गर्नेछ । कम्पनीले यसवर्षका लागि मोटा धानको २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ सर्मथन मुल्य तोकिसकेको छ । गत वर्ष कम्पनीले मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धान २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरेको थियो । गत आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले नेपालगन्जबाट ४१ हजार क्वीन्टल धान खरिद गरेको थियो । किसानले उत्पादन गरेको धानलाई कम्पनीले हरेक वर्ष खरिद गर्दै आएको छ । खरिद गरिएको धानबाट चामल तयार गरेर विभिन्न पहाडी तथा हिमाली जिल्लामा लगेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको छ । कम्पनीले जुम्ला, कालिकोट, हुम्ला, डोल्पा, मुगु, जाजरकोट, दैलेख लगायत जिल्लाका विभिन्न स्थानमा चामल पठाउने गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित